सय वर्षमा आयो घरघरमा खानेपानी

गलकोट ।  बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम संकट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ । बागलुङ नगरपालिका–३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर १०० बर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ । ४ किलोमिटर टाढा छरिखोलागाउँबाट मुलको पानी लिएर १८१ घरमा खानेपानी वितरण भएपछि यहाँका स्थानीयको दैनिकी नै फेरिएको छ । ३…