गाेरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित महादेवटार फाँटमा हिउँदे सिँचाइका लागि पानी संकलन गर्न पोखरी निर्माण गरिएको छ । सुख्खायाममा बाँझो जमिनमा सिँचाइ सुविधा पुर्याउन पोखरी निर्माण गरिएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिए । करिब ५०० रोपनी बाँझो जमिनमा सिँचाइ सुविधा पुग्ने गरी पोखरी निर्माण गरिएको उनले बताए । बूढीगण्डकी नदीको पानी तानेर पोखरीमा…