अदालतकाे आदेशपछि फोक्सिङटार–राजापानी सडक कालोपत्र सुरु

खोटाङ । खोटाङको फोक्सिङटार–सिमपानी (राजापानी) सडक कालोपत्र सुरु गरिएको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर)को महुरे–फोक्सिङटार सडकखण्डअन्तर्गत फोक्सिङटार–सिमपानी (२७ किलोमिटर) सडकमा प्राइमकोट राख्न सुरु गरिएको हो । ठेक्काको म्याद नाघेको वर्ष दिनभन्दा बढी समय बितेपछि ठेकेदार कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले जेठ २० गतेदेखि फोक्सिङटार–सिमपानीको रसुवाघाट खण्डमा प्राइमकोट राख्न सुरु गरेको गाईघाट दिक्तेल सडक योजनाको…