सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ तेम्बाथान गाउँ सडक सञ्जालसँग जोडिएको छ। सदरमुकाम चौताराबाट ६० किलोमिटर दुरीमा रहेको तेम्बाथान गाउँ यसअघि सडक सञ्जालसँग जोडिएको थिएन । सडक नभएकाले विकट हिमाली भेग तेम्बाथान, दिपु, तेगावासीले सुत्केरी र बिरामीलाई उपचारका लागि ऋण काढेरै भए पनि महँगो शुल्क तिरेर हेलिकोप्टर चार्टर गरेर राजधानीका अस्पताल पुर्याउँदै आइरहेका थिए। जुगल-३ मा…