बेनी–जोमसोम–दरबाङ सडकखण्ड अवरुद्ध, तीर्थालु बीच बाटोमै अलपत्र

म्याग्दी । अबिरल वर्षाको कारण म्याग्दीका मुख्य सडकहरू अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अबिरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर जिल्लाभित्रका मुख्य सडक अवरुद्ध बनेका हुन् । बेनी–जोमसोम सडकखण्ड र बेनी–दरबाङ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका–४…