विशेषज्ञ सेवा दिँदै आँखा अस्पताल, स्थानीयलाई भने छैन पत्तो

डडेल्धुरा । यहाँ रहेको आँखा अस्पतालले विगत लामो समयदेखि विशेषज्ञ चिकित्सकमार्फत सेवा प्रदान गरिरहेको छ । नेपाल नेत्रज्योति संघअन्तर्गत गेटा आँखा अस्पतालले सञ्चालन गर्दै आएको डडेल्धुरा आँखा अस्पतालले विशेषज्ञ सेवा प्रदान गर्दै आएको हो । अस्पतालको सेवाबारे धेरै सेवाग्राहीलाई जानकारी नै छैन । विगत १ वर्षदेखि आँखा रोग विशेषज्ञ डा मुकेश पाण्डेयले सो आँखा अस्पतालबाट…