चन्द्रपुरका मेयर भन्छन् : काम गर्न मन होइन बजेट चाहिने रहेछ

मधेस प्रदेशको रौतहट जिल्लामा रहेको सबैभन्दा ठुलो पालिका हो- चन्द्रपुर नगरपालिका । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको नजर परेको यस ठाउँलाई उनै चन्द्रशमशेरको नाममा चन्द्रनिगाहपुर नामकरण गरिएको मानिन्छ । पछि यसलाई चन्द्रनिगाहपुरबाट चन्द्रपुरमा रूपान्तरण गरियो । बजेट, क्षेत्रफल र जनसंख्याका आधारमा चन्द्रपुर नै रौतहट जिल्लाको सबैभन्दा ठुलो पालिका मानिन्छ । करिब डेढ अर्बको बजेट बर्सेनि परिचालन गर्ने…