आँखा पाक्ने रोग फैलिएपछि ५ दिनका लागि विद्यालय बन्द

सिन्धुली । शिक्षक तथा विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप फैलिएपछि कमलामाई नगरपालिकाले सोमबारदेखि ५ दिनका लागि विद्यालय बन्द गरेको छ । नगरपालिकामा आइतबार बसेको सरोकारवालासँगको छलफलपछि साउन २२ गतेदेखि २६ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निणर्य गरेको हो । नगरपालिकाका अनुसार नगर क्षेत्रभित्र ८४ वटा सामुदायिक र २४ वटा संस्थागत विद्यालय छन्…