पालिकामा बेथिति : अघिल्लाे सरकारले नियुक्त गरेका सबै करारका कर्मचारी बर्खास्त

खाेटाङ । खाेटाङकाे दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारमा कार्यरत ५७ जना कर्मचारी हटाएको छ । यसअघिकाे स्थानीय सरकारले नियुक्त गरेका अधिकांश करारका कर्मचारीको अभिलेखसम्म नभएकाले उनीहरू सबैलाई हटाएर नयाँ नियुक्त गर्ने गरी कार्यपालिकाबाटै निर्णय पारित गरिएको गाउँपालिका अध्यक्ष लोकन्द्र राईले जानकारी दिए। 'हामीले कसैलाई काखा र कसैलाई पाखा गरेका छैनौँ । अधिकांश करारका कर्मचारीको अभिलेखसमेत छैन।…