काठमाडौँ । संघीय संसद्को चालु अधिवेशन अन्त्य हुनु १ दिनअघि मात्र प्रतिनिधिसभामा एउटा विधेयक दर्ता भएको छ । त्यो विधेयक हो– निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० । ‘निर्माणमुखी समाग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न विधेयक’ भनेर नाम दिइएको यस विधेयकमाथि अब आउने अधिवेशनमा मात्र छलफल हुनेछ । असोज दोस्रो सातामै प्रतिनिधिसभाअन्तर्गतको उद्योग…