पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीको केन्द्रदेखि प्रदेश, जिल्ला र मातहतका सबै कार्यसमिति भंग गरेर १५औँ महाधिवेशनको बाटो खोल्न केन्द्रीय सभापति गगनकुमार थापासँग आग्रह गरेका छन्। मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापालाई खुला पत्र लेख्दै बरालले पार्टीका सबै तहका समिति भंग गरी सबै पक्षको सहमतिमा १५औँ महाधिवेशन सम्पन्न गर्न अधिकारसम्पन्न महाधिवेशन…