काठमाडौँ। संघीय राजधानी समेत रहेको देशकै ठूलो बजेट ल्याउने स्थानीय निकाय काठमाडौँ महानगरपालिकाले बजेट खर्च अत्यन्तै न्यून गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना अर्थात् पुस मसान्तसम्म कुल बजेटको एक चौथाइ पनि खर्च गर्न नसकेको हो । महानगर वित्त विभागका अनुसार कुल विनियोजित २४ अर्ब ९० करोड ६३ लाख २५ हजार…