अन्ततः लालबहादुरले पाए न्याय, जिल्लाकाे फैसला उल्टाउँदै उच्चले दियाे सफाइ

काठमाडाैँ । ठगी तथा बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरीका लालबहादुर विश्वकर्माले न्याय पाएका छन् । उच्च अदालत विराटनगरले ठगी मुद्दामा जिल्ला अदालत सुनसरीको फैसला उल्टाउँदै लालबहादुर विकलाई न्याय दिएको हो । उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको आदेश उल्टाएकाे हो । जिल्लाले गरेको फैसलाविरुद्ध…