काठमाडौं । सैनिक कल्याणकारी कोषको कुल सम्पति ७७ अर्ब ६१ करोड १ लाख पुगेको छ । उक्त रकममध्ये ७१ अर्ब ५ करोड ६१ लाख विभिन्न बैँकमा मौज्दात रहेको रक्षा मन्त्रालयको चौँथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षामार्फत जानकारी दिइएको हो । बाँकी ६अर्ब ५५ करोड ४० लाख भने कोष मातहतका विभिन्न निकायमा लगानी रहेको विवरण प्रस्तुत…