काठमाडौं । स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले पर्यटन विकासको गुरुयोजना र रणनीतिक योजनाविना कार्यक्रम नल्याउन माग गरेका छन्। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुतिसहित छलफलमा भाग लिँदै सांसद सिंहले हाल निर्मित दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल नै पूर्ण सञ्चालनमा नआएको अवस्थामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने आधार नदेखिएको बताए ।…