बेनी–जोमसोम–कोरला सडक : १० स्थानमा ठुला पहिरोको जोखिम

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक खण्डमा १० स्थानमा ठुलो पहिरोको जोखिम रहेको अध्ययनबाट पहिचान भएको छ । म्याग्दीको बेनीबाट मुस्ताङको घाँससम्मको ४० किलोमिटर दूरीको सडक पहिरोबाट प्रभावित छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत् प्रजापतिले बेनी–घाँसा खण्डका पहिरोको विस्तृत अध्ययन थालिएको जानकारी दिए । उनका अनुसार रघुगंगा गाउँपालिका–३ गलेश्वर पारिको राहुघाट, अन्नपूर्ण…