स्याङ्जा । कालीगण्डकी नदीमाथि गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने मोटरेबल पुल निर्माणको काम धमाधम भइरहेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बेल्टारी र पाल्पाको बगनासकाली गाउँपालिका–६ दर्पुक जोड्न नयाँ मोटरेवल पुल बन्न लागेको हो । सडक विभाग पुल महाशाखाअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टर पोखरा र गौरी पार्वती न्यू टेक्निकल जेभी कुपण्डोल…