म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा ५ शय्याको अपांगमैत्री अस्पताल निर्माण भएको छ । संघीय सरकारले सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्यअनुसार सो भवन निर्माण गरिएको हो । म्याग्दीको मंगला र धवलागिरिमा निर्माणाधीन अवस्थामै रहेको र रघुगंगा गाउँपालिकामा जग्गासहितको प्राविधिक पक्षमा ढिलासुस्तीका कारण अलपत्र परेको अवस्थामा दोवागाउँ नजिकै भूकम्पप्रतिरोधी भवन निर्माण गरिएको प्रमुख…