भदौ १ देखि महानगरभित्र दर्ता नभएका टिकट काउन्टर हटाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभावीरुपमा सञ्चालनमा आएका र महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिंग कार्यालय हटाउने भएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौंको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउनका लागि दर्ता नभई सञ्चालनमा रहेका टिकट बुकिंग कार्यालय भदौ १ देखि हटाउने भएको हो । महानगरपालिकाले काठमाडौं उपत्यकाबाट बाहिर चल्ने यात्रुवाहक सार्वजनिक सवारी…