बिहानैदेखि फेसबुक ‘बा’हरूका फोटोले नियन्त्रणमा लिएछन् । उठेर फेसबुक खोलेको मात्र के थिएँ, स्क्रोल गर्दै जाँदा बाबाहेक केही देखिनँ । त्यसपछि झल्यास्स ब्युँझिए । ए ! आज त बाको मुख हेर्ने दिन पो ! उठेर यताउति मेरा बालाई हेरेँ । आमाले भनेपछि थाहा पाएँ– बा त खेतमा पुगिसक्नुभएछ । मेरा बा यस्तै हुन् । पहिले–पहिले…