राजन बने चेसमा नयाँ च्याम्पियन

काठमाडौं । झापाका राजन सुवेदी नेपाली चेसका नयाँ च्याम्पियन बनेका छन् । २४ औं नेसनल चेस च्याम्पियनसिपमा उनले अन्तिम तथा ११औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै उपाधि जितेका हुन् । नेपालका उत्कृष्ट १२ खेलाडी सहभागी नेसनल चेस च्याम्पियनसिप २०२४ को राउन्ड रोबिन लिगको अन्तिम खेल जितेपछि राजनले सर्वाधिक ८ अंक बनाएर च्याम्पियन भएका हुन्…