पढाइसँगै च्याउ खेती गरेर पकेट खर्च जुटाउँछन् मंगलाका विद्यार्थी

म्याग्दी । प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरू पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । मंगला गाउँपालिका–२ स्थित मंगला माध्यमिक विद्यालय र मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले तरकारी, फलफूल च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् । मंगला माविमा प्राविधिक धार कक्षा ९९–१२० मा बाली विज्ञान विषयमा…