बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ‘प्रचण्ड’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ‘प्रचण्ड’ले सम्बोधन गर्ने तय भएको जानकारी दिएका हुन् । पाण्डेले भनेका छन्, ‘उहाँ ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले समसामयिक विषयमा आफ्नो धारणा र सरकारलाई सुझाव दिनुहुनेछ ।’…