काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालयले माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ । विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी प्रकरणमा मुछिएका उनीहरूमाथि अनुसन्धान गर्नुपर्ने निष्कर्षमा सरकारी वकिल कार्यालय पुगेको हो । केन्द्रीय अनुसन्धान ब्युरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन…