सरकारलाई सुकुम्बासीको चेतावनी – विकल्पविना होल्डिङ सेन्टरबाट हटाए पुरानै ठाउँमा फर्किन्छौं

काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी सत्संगको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीले स्थायी पुनर्स्थापनाको व्यवस्था नगरी आफूहरूलाई हटाउन खोजिए पुरानै बसोबास स्थलमा फर्किने चेतावनी दिएका छन् । संयुक्त रूपमा जारी गरिएको ‘पीडितहरूको पत्र’मा उनीहरूले सरकारसँग पटक–पटक गरिएको प्रतिबद्धता पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । क‍ेही समयअघि जबर्जस्ती उठिबास गराइएपछि अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिए पनि हालसम्म…