काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महत्त्वपूर्ण पदाधिकारी पद कोषाध्यक्षमा मनोनीत गरेका केन्द्रीय सदस्य उमेश श्रेष्ठको पदीय जिम्मेवारी अबैधानिक देखिएको छ। श्रेष्ठलाई सभापति देउवाले मनोनयन गरेको १३ महिना बितिसकेको छ। तर, उनको मनोनयनलाई विधानअनुसार अझै पनि निर्वाचित गरिएको छैन। सभापति देउवालाई उधृत गर्दै मुख्यसचिव कृष्णप्रसाद पौडेलले २०८१ मंसिर ९ गते प्रेस विज्ञप्ति जारी गर्दै…