पाेखरा । पोखरा महानगरका ३३ वडामध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको वडा-१७ मा सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरिने भएको छ । उपत्यका नगर विकास समितिको ड्यामसाइडस्थित ५ रोपनी जग्गामा महानगरको ५ करोड ३२ लाख ५४ हजार रुपैयाँ लागतमा नेचुरल फर्निसिङ एन्ड कन्स्ट्रक्सन प्रालिद्वारा सो भवन निर्माण गर्न सम्झौता गरिएको थियो । महानगरप्रमुख धनराज आचार्यले निर्माणाधीन…