ठुलो आयोजनाको सभाहलमै अपांगता भएकालाई छैन ठाउँ, ह्विलचेयरसम्म जान मिल्दैन

तनहुँ । व्यास नगरपालिका–३ मा निर्माणाधीन सभाहल अपांगतामैत्री नभएको अधिकारकर्मीले गुनासो गरेका छन् । जिल्लाकै ठूलो आयोजनामध्येको एक सभाहललाई अपांगतामैत्री नबनाइएको अपांगताको क्षेत्रमा काम गरिरहेका अधिकारकर्मीको भनाइ छ । संघीय सरकारको आर्थिक सहयोगमा निर्माणको अन्तिम चरणमा पुगेको सभाहलमा अपांगता भएका व्यक्तिलाई जानै मुस्किल रहेको अपांगता क्षेत्रमा काम गरिरहेको सहृदयी मञ्च तनहुँका अध्यक्ष सावित्री सुवेदीले बताइन्…