काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको करिब १ क्विन्टल सुन ट्याक्सीबाट जफत भएपछि प्रहरीले ६ जनालाई पक्राउ गरेकाे छ । सुन ओसारपसारमा संलग्न रहेकाे आरोपमा दोलखा मेलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ-३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका-४ भई…