काठमाडौं । रसुवाका बाढी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन थालेको छ। बाढीपछि स्थापना गरिएको होल्डिङ सेन्टरमा बसिरहेका ८१ जनामा झाडापखालाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अस्थायी आवासमा स्वच्छ खानेपानी, सरसफाइ र पर्याप्त शौचालयको अभावका साथै भिडभाडका कारण संक्रमणको जोखिम तीव्र रूपमा बढेको हो। मन्त्रालयका अनुसार उत्तरगाया गाउँपालिकास्थित शिवालय आधारभूत विद्यालयमा आश्रय लिइरहेका केही बाढी…