काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले तालिमका नाममा मन्त्रलयहरूमा बजेट छरेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष श्रेष्ठले तालिमका नाममा कनिका जस्तो बजेट छर्दा लक्षित वर्गले अवसरबाट वञ्चित हुन पुगेको बताएका हुन् । सरकारले छुट्याएको बजेटलाई प्रभावकारी र लक्षित वर्गसम्म पुर्याउन…