सेतो सिमी बेचेरै लाखौँ कमाउँछन् रामेछापका किसान

रामेछाप । रैथाने बालीको रूपमा रहेको सेतो सिमीको बजारमा उच्च माग भएपछि रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका किसानहरू यसको व्यावसायिक खेतीमा लागेका छन् । उच्च पहाडी क्षेत्रमा हुने सेतो सिमी गोकुलगंगा गाउँपालिकाको रस्नालु, ठोसे चुचुरे लगायतका क्षेत्रमा खेती हुने गरेको छ । त्यस्तै उमाकुण्डको प्रिती, गुप्तेश्वर, कुभुकास्थली, बाम्ती र गुम्देलमा पनि यसको खेती हुँदै आएको…