निमित्तको जिम्मेवारी ब्याची एआईजी अधिकारी दिएर अमेरिका उडे प्रहरी प्रमुख कार्की

काठमाडौ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की अमेरिका प्रस्थान गरेका छन्। आइतबार साँझ अमेरिका जान लागेका कार्की विमानस्थल पुगिसकेका प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिए। कतार एयरवेजबाट नेपाल प्रहरीका आईजीपी कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेल अमेरिका जान लागेका हुन्। उनीहरू दोहा हुँदै अमेरिका पुग्ने प्रहरी प्रवक्ता काफ्लेले बताए। संयुक्त राष्ट्र…