न ढोका छ,न झ्याल ! खोलाको पानी कक्षाकोठाभित्र पसेपछि कहाँ बसेर पढ्ने ?

कञ्चनपुर । भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् । केही साताअघि आएको हावाहुरीले विद्यालयको २ कोठे भवनको जस्तापाता उढाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताए । “जस्तापाता पूरै उढाएको छ, स्थानीय तहलाई जस्तापाताका लागि…